खेल


नेदरल्याण्ड्सविरुद्धको खेलमा कुशल भुर्तेल ‘प्लेयर अफ द म्याच’

नेदरल्याण्ड्सविरुद्धको खेलमा कुशल भुर्तेल ‘प्लेयर अफ द म्याच’

तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन ५, २०८० शनिबार १४:९, काठमाडौँ

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत नेदरल्याण्डस्विरुद्ध नेपालले शानदार जित निकाले खेलमा नेपाली ओपनर कुशल भुर्तेल प्लेयर अफद म्याच घोषित भएका छन्। 

बलिङ र ब्याटिङ दुवैतर्फ आफ्नो प्रभाव देखाएका उनी प्लेयर अफ द म्याच घोषित भएका हुन्। 

भुर्तेलले बलिङतर्फ पनि आजको खेलमा आफ्नो क्षमता देखाए। उनले ७ ओभर बलिङ गर्दै केबल २० रन मात्रै दिएर नेदरल्याण्ड्सका सर्वाधिक ४ विकेट झार्न सफल भए।

आजको खेलमा ब्याटिङमा पनि उनले गतिलो सुरुवात दिलाए। उनले ओपनिङ गर्दै ११ बलमा २८ रन बनाए। जसमा २ चौका र ३ छक्का पनि थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .