खेल


होजलन्डले हानेका २ गोलमा म्यानचेस्टर युनाइटेडको जित

होजलन्डले हानेका २ गोलमा म्यानचेस्टर युनाइटेडको जित

नेपालखबर
फागुन ७, २०८० सोमबार ९:५४, काठमाडौँ

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लुटन टाउनलाई हराएको छ।

आइतबार राति भएको खेलमा युनाइटेडले लुटनलाई २–१ गोल अन्तरले जितेको हो।  

युनाइटेडको जितमा दुवै गोल रास्मस होजलन्डले गरेका हुन्। 

लगातार यो चौथौ जितसँगै युनाइटेडले शीर्ष चारभित्र पर्ने सम्भावनालाई कायमै राखेको‌ छ।

होजलन्डले खेल सुरु भएको ४० सेकेन्डमै नै गोल गरी युनाइटेडलाई अग्रता दिलाएका थिए। सातौँ मिनेटमा फेरि अर्को गोल गरेका थिए। लुटनका चार्ल्टन मोरिसले १४औँ मिनेटमा गोल फर्काए। अन्ततः  युनाइटेड २–१ गोलले विजयी भयो। 

२५ खेलबाट ४४ अंक जोड्दै युनाइटेड छैटौँ स्थानमा छ। शीर्ष स्थानको लिभरपुलभन्दा युनाइटेड १३ अंकले पछि छ। लुटन २० अंकसहित १७औँ स्थानमा छ।

आइतबार राति नै भएको अर्को खेलमा ब्राइटनले सेफिल्ड युनाइटेडलाई ५–० ले हराएको छ। जितसँगै ब्राइटन ३८ अंकका साथ सातौं स्थानमा उक्लेको छ भने पराजित सेफिल्ड १३ अंकसहित तालिकाको‌ पुछारमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .