खेल


कुशल मल्लले दिलाए नेपाललाई तेस्रो सफलता

कुशल मल्लले दिलाए नेपाललाई तेस्रो सफलता

नेपालखबर
फागुन ९, २०८० बुधबार १३:१८, काठमाडौँ

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ। 

कुशल मल्लले १३ औँ ओभरको पहिलो बलमा माइकल भान लिंगेनलाई ३१ रन बनाउँदा पेभेलियनको बाटो देखाए। 

नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नामिबियाले १३ औँ ओभरको  खेल जारी रहँदा३२ विकेट गुमाउँदा ६९ रन बनाएर खेलिरहेको छ। 

कप्तान गेहार्ड इरासमस २६ रनमा नटआउट छन्।

पाँचौँ ओभरको पहिलो बलमा कप्तान रोहित पौडेलले नामिबियाका ओपनर जिन पिएर कोट्जेलाई ३ रनमा बोल्ड आउट गरे।

त्यसअघि दोस्रो ओभरको पाचौँ बलमा ओपनर निकोलस डेभिन ८ रन बनाउँदा रन आउट भए।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ३७ ओभरमा १ सय ६८ रन बनाउँदा अलआउट भयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .