खेल


नेपाललाई चौथो सफलता, दीपेन्द्रले लिए विकेट

नेपाललाई चौथो सफलता, दीपेन्द्रले लिए विकेट

फाइल तस्बिर


नेपालखबर
फागुन ९, २०८० बुधबार १३:४२, काठमाडौँ

अलराउण्डर दीपेन्द्र सिंह ऐरीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध नेपाललाई चौथो सफलता दिलाएका छन्। 

दीपेन्द्रले १८ औँ ओभरको तेस्रो बलमा जान फ्रेलिकलाई एलबीडब्लु धरापमा पारे। 

त्यसअघि कुशल मल्लले १३ औँ ओभरको पहिलो बलमा माइकल भान लिंगेनलाई ३१ रन बनाउँदा पेभेलियनको बाटो देखाए। 

पाचौँ ओभरको पहिलो बलमा कप्तान रोहित पौडेलले नामिबियाका ओपनर जिन पिएर कोट्जेलाई ३ रनमा बोल्ड आउट गरे। त्यसअघि दोस्रो ओभरको पाचौँ बलमा ओपनर निकोलस डेभिन ८ रन बनाउँदा रन आउट भए।  

नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नामिबियाले १८  औँ ओभरको  खेल जारी रहँदा ४ विकेट गुमाउँदा ८६ रन बनाएर खेलिरहेको छ। कप्तान गेहार्ड इरासमस ३७ रनमा नटआउट छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ३७ ओभरमा १ सय ६८ रन बनाउँदा अलआउट भयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .