खेल


दीपेन्द्र १ रनमै आउट, नेपालले गुमायो पाँचौँ विकेट

दीपेन्द्र १ रनमै आउट, नेपालले गुमायो पाँचौँ विकेट

फाइल तस्बिर


नेपालखबर
फागुन १३, २०८० आइतबार ११:३६, काठमाडौँ

आईसीसी विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले पाँच विकेट गुमाएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको घरेलु टोलीले २८ औँ ओभरको समाप्तिमा ५ विकेटको क्षतिमा ९३ रन बनाएर खेलिरहेको छ। 

मध्यम सुरुवात गरेको नेपालको सुस्त प्रर्दशन गरिरहेको छ। नेपाल एक समय ११ ओभरको समाप्तीमा २–५० को अवस्थामा थियो। 

ओपनर कुशल भुर्तेल ४१ रनमा नटआउट छन्। 

पाँचौँ विकेटका रुपमा नेपालले दीपेन्द्र सिंह ऐरीलाई गुमाएको छ। दीपेन्द्र १ रनमा रनआउट भए। 

कप्तान रोहित १६ रन बनाउँदा क्याच आउट भए। ४० बलमा १६ रन बनाएका रोहित २५ औँ ओभरको तेस्रो बलमा आर्यन दत्तको बलमा नोआ क्रोसको हातबाट क्याच आउट भए।

१३ औँ ओभरको अन्तिम बलमा कुशल मल्ल एलबीडब्लु धरापमा पर्दै आउट भए। ९ बलमा २ रन बनाएका कुशल आर्यन दत्तको बलमा एलबीडब्लु आउट भए। 

११ औँ ओभरको अन्तिम बलमा अनिल शाह बोल्ड आउट भए। ११ बलमा १ छक्का मद्धतमा ७ रन बनाएका अनिल भिभियन किंग्मा कै बलमा बोल्ड आउट भए। 

ओपनर आशिफ शेख १७ रन बनाउँदा क्याच आउट भए। २७ बलमा २ चौका १ छक्का हानेका आशिफ नवौँ ओभरको तेस्रो बलमा भिभियन किंग्माको बलमा बास डे लिडको हातबाट क्याच आउट भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .