खेल


संकटबीच कुशलले पूरा गरे अर्धशतक, नेपालको स्कोर पनि १०० रन नाघ्यो

संकटबीच कुशलले पूरा गरे अर्धशतक, नेपालको स्कोर पनि १०० रन नाघ्यो

फाइल तस्बिर


नेपालखबर
फागुन १३, २०८० आइतबार ११:५१, काठमाडौँ

आईसिसी विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपाली ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्।

टिमका अन्य ब्याटरहरू एकपछि अर्को पतन हुँदै जाँदा सुरूबाटै टिके खेलिरहेका उनले अर्धशतक पूरा गर्दै नेपालको स्कोर पनि १०० रनमाथि पुर्‍याएका छन्। 

कुशलले ताजा अवस्थामा ८१ बलमा ५८ रन बनाइसकेका छन्। उनले आफ्नो पारीमा ६ चौका पनि हानेका छन्।

कुशलसँगै ओपनिङमा आएका आशिफ शेखले राम्रो सुरुवात दिँदै २७ बलमा १७ रन बनाएका थिए। तर त्यसपछि नेपाली ब्याटर टिक्न सकेनन्। कप्तान रोहित पौडेल पनि १६ रनमा आउट भए। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको घरेलु टोलीले ३२ ओभर खेल्दै ६ विकेटको क्षतिमा १०२ रन पूरा गरेको छ।

पछिल्लो पटक छैटौँ विकेटका रुपमा २९ ओभरको तेस्रो बलमा भीम सार्की शून्यमै आउट भए। नेपालले सय रन नकटाउँदै आफ्ना मुख्य ब्याटरहरू गुमाएको थियो। 

यसघि पाचौँ विकेटका रुपमा नेपालले दीपेन्द्र सिंह ऐरीलाई गुमाएको थिए। दीपेन्द्र २७.४ ओभरमा १ रनमै रनआउट हुन पुगे।

त्यसअघि कप्तान रोहित १६ रन बनाउँदा क्याच आउट भए। ४० बलमा १६ रन बनाएका रोहित २५ औँ ओभरको तेस्रो बलमा आर्यन दत्तको बलमा नोआ क्रोसको हातबाट क्याच आउट भए।

१३ औँ ओभरको अन्तिम बलमा कुशल मल्ल एलबीडब्लु धरापमा पर्दै आउट भए। ९ बलमा २ रन बनाएका कुशल आर्यन दत्तको बलमा एलबीडब्लु आउट भए। 

११ औँ ओभरको अन्तिम बलमा अनिल शाह बोल्ड आउट भए। ११ बलमा १ छक्का मद्धतमा ७ रन बनाएका अनिल भिभियन किंग्मा कै बलमा बोल्ड आउट भए। 

ओपनर आशिफ शेख १७ रन बनाउँदा क्याच आउट भए। २७ बलमा २ चौका १ छक्का हानेका आशिफ नवौँ ओभरको तेस्रो बलमा भिभियन किंग्माको बलमा बास डे लिडको हातबाट क्याच आउट भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .