खेल


नेपालले नेदरल्यान्ड्सलाई दियो १ सय ७३ रनको चुनौती

नेपालले नेदरल्यान्ड्सलाई दियो १ सय ७३ रनको चुनौती

तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन १३, २०८० आइतबार १३:११, काठमाडौँ

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियासम्मिलित त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले जितका लागि नेदरल्यान्ड्ससामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ३ बल अगावै १ सय ७२ रनमा अलआउट भयो। 

नवौँ विकेटका लागि करण केसी र आरिफ शेखले ३६ रनको साझेदारी गरेपछि नेपालले सम्मानजनक योगफलको आधार खडा गरेको थियो।

आरिफ शेख २२ रन बनाउँदा क्याच आउट भए। ५० बलमा १ चौका हानेका आरिफ भिभियन किंग्माको बलमा क्याच आउट भए। 
करण केसी २६ रनमा क्याच आउट भए। ललित राजवंशी शुन्य नमा नटआउट रहे। 

नेपालका लागि ओपनर कुशल भुर्तेलले बनाएको ६६ रन नै सर्वाधिक रह्यो। कुशलले ९३ बलमा ८ चौका सहयोगमा ६६ रन बनाउँदा क्याच आउट हुन पुगे। 

मध्यम सुरुवात गरेको नेपाल एक समय ११ ओभरको समाप्तिमा २–५० को अवस्थामा थियो। 

नेपालका ६ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। दिपेन्द्र सिंह ऐरि १ रनमा रन आउट भए। भिम सार्की शून्य रनमा बोल्ड आउट भए।

भीम ३० औँ ओभरको तेस्रो बलमा वास डे लिडको बलमा बोल्ड आउट भए। गुल्सन झा ५ रनमा क्याच आउट भए। 

कप्तान रोहित १६ रन बनाउँदा क्याच आउट भए। ४० बलमा १६ रन बनाएका रोहित २५ औँ ओभरको तेस्रो बलमा आर्यन दत्तको बलमा नोआ क्रोसको हातबाट क्याच आउट भए।

१३ औँ ओभरको अन्तिम बलमा कुशल मल्ल एलबीडब्लु धरापमा पर्दै आउट भए। ९ बलमा २ रन बनाएका कुशल आर्यन दत्तको बलमा एलबीडब्लु आउट भए। 

११ औँ ओभरको अन्तिम बलमा अनिल शाह बोल्ड आउट भए। ११ बलमा १ छक्का मद्धतमा ७ रन बनाएका अनिल भिभियन किंग्मा कै बलमा बोल्ड आउट भए। 

ओपनर आशिफ शेख १७ रन बनाउँदा क्याच आउट भए। २७ बलमा २ चौका १ छक्का हानेका आशिफ नवौँ ओभरको तेस्रो बलमा भिभियन किंग्माको बलमा बास डे लिडको हातबाट क्याच आउट भए। 

नेपाललाई कम स्कोरमा रोक्न नेदरल्यान्ड्सका लागि आर्यन दत्तले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा २ मेडन राख्दै मात्र १६ रन दिए।

रोइलेफ भान डे मार्भीले १० ओभरमा १ मेडन राख्दै २३ रन खर्चदा १ विकेट लिए। 

भिभियन किंग्माले ३ विकेट लिए। वास डि लिडले २ तथा रोलेफले १ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .