खेल


टी-२० आई सिरिज : आज नेदरल्यान्ड्सलाई जिते नेपाललाई फाइनल पुग्न सहज

टी-२० आई सिरिज : आज नेदरल्यान्ड्सलाई जिते नेपाललाई फाइनल पुग्न सहज

फाइल तस्बिर


नेपालखबर
फागुन १९, २०८० शनिबार ७:५४, काठमाडौँ

टी–२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आज (शनिबार) नेदरल्यान्ड्ससँग खेल्दै छ।

खेल बिहान ११:३० बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको  क्रिकेट मैदानमा सुरु हुनेछ। 

नेपालले नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक टी–२० क्रिकेट शृंखलाअन्तर्गत अघिल्ला तीन खेलमध्ये एउटामा मात्र जित हासिल गरेको छ।

शृंखलाको फाइनलमा पुग्ने सहज बाटो बनाउन नेपालले आजको खेल जित्नैपर्ने हुन्छ।

नेपालले तेस्रो खेलमा शुक्रबार नामिबियालाई ३ रनले हराएको थियो। 

यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले तथा नेदरल्यान्ड्ससँग दोस्रो खेलमा दुई रनले पराजित भएको थियो।

शृंखलामा नेदरल्यान्ड्स हालसम्म खेलेका दुवै खेलमा जित निकाल्दै चार अङ्कका साथ शीर्ष स्थानमा छ।

नेपाल र नामिबियाको दुई दुई अङ्क छ। रन रेटका आधारमा नेपाल दोस्रो तथा नामिबिया अङ्क तालिकाको पुछारमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .