खेल


कुशलपछि दीपेन्द्रले लिए लगातार २ विकेट, १०० रन कटाउँदा नेदरल्यान्ड्सलाई नवौँ क्षति

कुशलपछि दीपेन्द्रले लिए लगातार २ विकेट, १०० रन कटाउँदा नेदरल्यान्ड्सलाई नवौँ क्षति

तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन १९, २०८० शनिबार १३:२, काठमाडौँ

टी-२० आई त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालविरुद्ध पहिले ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्स संकटमा परेको छ।

सय रन कटाइसकेको अवस्थामा नेपालका लागि दीपेन्द्र ऐरीले नेदरल्यान्ड्सका लगातार २ विकेट झारे।

उनले १८ औँ ओभरको चौथो र पाँचौँ बलमा केल किलेन र टिम वान डेर गुगटेनलाई आउट गराए। किलेन शून्य र गुगटेन २४ रनमा आउट भए। 

त्यसअघि  सातौँ विकेट प्रतिश जिसीले लिए। उनले पन्ध्रौँ ओभरको तेस्रो बलमा निदामानुरुलाई केबल ५ रन बनाएको अवस्थामा पेभेलियन फर्काए।

यसअघि नवौँ ओभरको पहिलो र पाँचौँ बलमा उनैले २ विकेट झारेका थिए।

उनले स्कट इडवार्ड्सलाई १८ रन बनाएको अवस्थामा नवौँ ओभरको पहिलो बलमा पेभेलियन फर्काए।

त्यसपछि नवौँ ओभरकै पाँचौँ बलमा उनैले म्याक्स वडाउडलाई ३१ रन बनाएको अवस्थामा आउट गरे।

त्यसपछि दशौँ ‌ओभरमा कुशल मल्लले नेदरल्यान्ड्सका थप २ विकेट लिएर उसलाई संकटमा पारेका थिए। 

कुशलले १० औँ ओभरको पाँचौँ र छैटौँ बलमा नेदरल्यान्ड्सका लगातार २ विकेट झारे।

उनले आर्यन दत्त र नोहा कोरेसको विकेट झारे। आर्यनलाई शून्य र नोहालाई ३ रनमा कुशलले पेभेलियनको बाटो देखाए। 

यसअघि पहिलो ओभरमा नै करण केसीले दुई विकेट लिएर नेदरल्यान्ड्सलाई सुरुबाटै दबाबमा पारेका थिए।

त्यसपछि पहिलो ओभरको चौथो बलमा ओपनर माइकल लेभिटलाई करण केसीले ४ रनमा आउट गराएका थिए।

पहिलो ओभरको अन्तिम बलमा सेब्रड एंगेलब्रेटाई शून्य रनमै करणले पेभेलियनको बाटो देखाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .