खेल


साफ यु–१६ : पहिलो खेलमै नेपाली टोलीको हार

साफ यु–१६ : पहिलो खेलमै नेपाली टोलीको हार

नेपालखबर
फागुन १९, २०८० शनिबार २१:१२, काठमाडौँ

काठमाडौंमा जारी साफ यु–१६ महिला च्याम्पियनसिपमा घरेलु टोली नेपालले पहिलो खेलमा नै हार व्यहोरेको छ। 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा शनिबार भएको खेलमा नेपाल बंगलादेशसँग २–० ले पराजित भएको हो। 

खेलको पहिलो हाफमा नै २–० ले पछि परेको नेपालले दोस्रो हाफमा पनि आक्रमण बुन्न सकेन। 
उता बंगलादेशको जितमा भने दुबै गोल साथी मुन्दाको नाममा रह्यो। 

खेलको २४औं मिनेटमा मुन्दाको गोलमा बंगलादेशले सुरुवाती अग्रता बनाएको थियो। 

खेलको ३१ औँ मिनेटमा मुन्दाले नै पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारिन्। नेपालकी गोलरक्षक झरना डूम्राकोटीले बंगलादेशी फरवार्ड अल्पी अख्तरमाथि फाउल गरेपछि बंगलादेशले पेनाल्टीको अवसर पाएको थियो। जुन अवसरलाई मुन्दाले खेर जान दिईनन्। 

खेलको दोस्रो हाफमा पनि नेपाल खेलमा फर्कन नसक्दा पहिलो खेलमा नै हारको नतिजा व्यहोर्न बाध्य भयो। 

चार टोली सहभागी प्रतियोगितामा नेपालले अर्को खेलमा सोमबार भुटानसँग खेल्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .