खेल


‘राइट टु प्रोटिन रन’ चैत १० गते, सात हजारले भाग लिने

‘राइट टु प्रोटिन रन’ चैत १० गते, सात हजारले भाग लिने

‘राइट टु प्रोटिन रन’बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन। तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन २०, २०८० आइतबार १५:१, काठमाडौँ

नेपाल भेटेरिनरी एसोसिएसनले प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले हाफ म्याराथनसहित विभिन्न विधाका दौड प्रतियोगिता आयोजना गर्ने भएको छ।

आगामी चैत १० गते बिहान ६ बजे शनिबारका दिन काठमाडौंमा ‘राइट टु प्रोटिन रन’ तेश्रो संस्करणको हाफ म्याराथनसहित विभिन्न विधाका दौड प्रतियोगिता आयोजना गर्न लागेको एसोसिएसनले जनाएको छ।

यस वर्षको म्याराथन तथा अन्य विधाका दौड प्रतियोगितामा करिब ७ हजार जना धावक सहभागी गराउने लक्ष्य राखिएको छ।

दशरथ रंगशालाबाट सुरु भई सोही स्थानमा आई समापन हुने कार्यक्रम रहेको छ

यस प्रतियोगितामा खुला हाफ म्याराथान, पुरुष १० किलोमिटर, महिला ५ किलोमिटर, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किलोमिटर (पुरुष) र ३ कि.मी. (महिला) र फरक क्षमता भएका व्यक्तिहरुको लागि ह्विलचेयर गरी आठवटा विधाका दौडहरू समावेश गरिएका छन्।

कार्यक्रमको जम्मा पुरस्कार राशि कर सहित रु १४ लाख १२ हजार ५ सय रहेको छ।

हाफ म्याराथनमा प्रथम पुरस्कार विजेताको पुरस्कार राशि कर सहित रु १ लाख ३३ हजार ३३३ रुपैयाँ रहेको छ भने पाँचौं स्थानसम्म प्राप्त गर्नेलाई पुरस्कारको व्यवस्था रहेको छ।

आफूले भाग लिएको विधामा दौड पुरा गर्ने सबै प्रतियोगीलाई मेडलको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा हाफ म्याराथन प्रथम हुनेले एक लाख, दोस्रो हुनेले ७५ हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौँ हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

यस्तै, १० किलोमिटर दौडमा प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौँलाई क्रमशः ५०, ४०, ३०, २० र १० हजार रुपैयाँ प्रदान गरिनेछ भने पाँच किलोमिटर दौड प्रतियोगीले ३०, २०, १५, १० र ५ हजार पाउनेछन्।

यसैगरी, तीन किलोमिटर दौड प्रतियोगीलाई क्रमसः २०, १५, १०, ५ हजार र २ हजार पाँच सय तथा ह्विचेयर प्रतियोगीलाई ३०, २०, १५, १०, ५ हजार प्रदान गरिनेछ।

प्रतियोगितामा खेलाडीहरूको सुविधाका लागि १२ ठाउँमा पानी र प्राथमिक उपचार कक्षको व्यवस्था गरिने छ। आकस्मिक सेवाको लागि ७ वटा एम्बुलेन्सहरू रहनेछन् । प्रतियोगिता व्यवस्थापनको लागि ३०० जना स्वयं सेवकहरू परिचालित हुनेछन्।

यस प्रतियोगिताको संरक्षकमा राष्ट्रिय खेलकुद परिषद् नेपाल रहेको छ। नेपाल एथ्लेटिक एसोसिएसनले मान्यता दिनुका साथै प्राविधिक सहयोग समेत गरेको छ यस प्रतियोगितालाई नेपाल दाना उद्योग संघ र पशु सेवा विभागले सहयोग गरेका छन् ।

कार्यक्रमको हस्पिटल पार्टनर प्राइम हस्पिटल, टिकेटिङ पार्टनर इ–सेवा, साउन्ड सिस्टम पार्टनर आईएसएस, हस्पिटालिटी पार्टनर मेरियोट होटल र फेयरफिल्ड बाइ मेरियोट र फूड पार्टनर केबि एग्रो रहेका छन्।

कार्यक्रममा सहभागी हुन इसेवा वा वेबसाइटमा गएर रु १०० शुल्क तिरी अनलाइनबाट सजिलै रजिष्ट्रेसन गर्न सकिन्छ। सहभागीलाई दर्ता शुल्क वापत टिसर्ट र रिफ्रेसमेन्ट प्रदान गरिने आयोजकको भनाई छ।

गत वर्षको म्याराथनमा ५ हजारजना धावक सहभागी भएका थिए भने हाफ म्याराथनमा महिलातर्फ फूलमती राना र पुरुष तर्फ दिपक अधिकारी प्रथम भएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .