खेल


नेपालले गुमायो पहिलो विकेट, भुर्तेल २० रनमा आउट

नेपालले गुमायो पहिलो विकेट, भुर्तेल २० रनमा आउट

नेपाल र नेदरल्यान्ड्सको खेल। तस्बिर : विशाल कार्की


नेपालखबर
फागुन २२, २०८० मंगलबार ११:४८, काठमाडौँ

नेपालले पहिलो नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेट गुमाएको छ। 

नामिबिया र नेदरल्यान्ड्स सम्मिलित टी२०आई शृंखलाको फाइनलमा टस जितेर ब्याटिङ रोजेको नेपालले चौथो ओभरको तेस्रो बलमा भुर्तेललाई गुमाएको हो। 

उनले १० बल खेल्दै एक चौका र दुई छक्का प्रहार गरी २० रन बटुले। अहिले क्रिजमा रोहित पौडेल र आसिफ शेख खेलिरहेका छन्। 

चौथो ओभर सकिँदा नेपालले एक विकेट गुमाएर २५ रन बनाएको छ। 

सबै तस्बिर : विशाल कार्की

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .