खेल


उपाधि भिडन्तमा नेदरल्यान्ड्सलाई नेपालले दियो १८५ रनको चुनौती

उपाधि भिडन्तमा नेदरल्यान्ड्सलाई नेपालले दियो १८५ रनको चुनौती

तस्बिर : विशाल कार्की


नेपालखबर
फागुन २२, २०८० मंगलबार १३:१०, काठमाडौँ

टी–२० आई त्रिकोणात्मक सिरिजको फाइनलमा घरेलु टोली नेपालले नेदरल्यान्ड्ससामु जितका लागि १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८४ रनको योगफल तयार पारेको हो। 

प्रतिश जिसी ६ र सोमपाल कामी ६ रनमा नटआउट रहे। 

नेपालका लागि ओपनर आरशिफ शेखले बनाएको ४७ रन नै सर्वाधिक रह्यो।

३७ बलमा १ चौका र ३ छक्का मद्दतमा ४७ रन बनाएका आशिफ चौधौँ ओभरको चौथो बलमा ४७ रन बनाउँदा माइकल लेविटको बलमा एलबीडब्लु धरापमा परे।  

गुलशन झा ३४ रन बनाउँदा क्याच आउट भए। २५ बलमा ३ छक्का हानेका गुल्सन १९ औँ ओभरको पहिलो बलमा आउट हुन पुगे। 

कुशल मल्ल २६ रन बनाउँदा क्याच आउट भए। 

कप्तान रोहित पौडेल २५ रन बनाउँदा क्याच आउट भए। १९ बलमा ३ चौका र १ छक्का हानेका रोहित दशौँ ओभरको दोस्रो बलमा विकेट किपरको हातबाट आउट भए। 

ओपनर कुशल भुर्तेल चौथो ओभरको तेस्रो बलमा २० रन बनाउँदा टिम भान डेर गुटेनको बलमा बोल्ड आउट भए। कुशलले १० बलमा १
 चौका र २ छक्का प्रहार गरे। 

शीर्ष क्रमका ब्याटरले नेपाललाई राम्रो सुरुवात दिलाए पनि तल्लो क्रमका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन्। 

नेपालले १८ र १९ औँ ओभरमा लगातार चार विकेट गुमायो। १८ औँ ओभरको पहिलो बलमा कुशल मल्ल र छैटौँ बलमा करण केसी आउट भए। 

१९ औँ ओभरको पहिलो बलमा गुल्सन झा र दोस्रो बलमा आरिफ शेख आउट हुन पुगे। 

करण केसी ९ र दीपेन्द्र सिंह ऐरी १ रन बनाउँदै पेभेलियन फर्किए।  

सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भने डच टोलीलाई ६ विकेटले हराएको थियो। 

घरेलु मैदानमा नेपालले दोस्रो पटक टी–२० आई सिरिजको उपाधिका लागि नेदरल्यान्ड्सँग भिडेको हो।

यसअघि सन् २०२१ मा घरेलु मैदानमै भएको खेलमा नेपालले एसोसियट राष्ट्रको बादशाह नेदरल्यान्ड्सलाई १ सय ४२ रनले हराउँदै च्याम्पियन बनेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .