खेल


सूर्य नेपाल च्यालेन्ज गल्फ : एमेच्योर सदभावलाई एक स्ट्रोकको अग्रता

सूर्य नेपाल च्यालेन्ज गल्फ : एमेच्योर सदभावलाई एक स्ट्रोकको अग्रता

नेपालखबर
फागुन २२, २०८० मंगलबार १९:२४, काठमाडौँ

सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन एमेच्योर गल्फर सदभाव आचार्य एक स्ट्रोकको अग्रतासहित शीर्षस्थानमा उक्लिन सफल भएका छन।

डिफेन्डिङ च्याम्पियन सदभावले

सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत मंगलबार १-अन्डर ६७ को स्कोर दर्ज गर्दा समग्रमा ३-अन्डर १ सय ३३ सहित प्रोफेसनल गल्फर धनबहादुर थापालाई एक स्ट्रोकले पछि पारेका हुन। १-अन्डर ६७ सहित समग्रमा २-अन्डर १ सय ३४ सहित धन दोस्रो स्थानमा उक्लिए।

पूर्वनम्बर १ गल्फर रवि खड्का र पहिलो दिनका लिडर रामे मगरले समग्रमा १-अन्डर ३५ को नतिजामा संयुक्त रुपमा तेस्रो स्थान बाँडे। रविले आज २-अन्डर ६६ र रामेले २-ओभर ७० मा दोस्रो दिनको खेल सकाए।

२-अन्डर ६६ स्कोर गरेका दिनेश प्रजापति समग्रमा इभन-पार १ सय ३६ सहित पाँचौ स्थानमा रहेका छन। समग्रमा २-ओभर १ सय ३८ सहित जयराम श्रेष्ठ र भुवन नगरकोटीले छैटौं स्थान बाँडे। 

जयरामले १-अन्डर ६७ र भुवनले ३-ओभर ७१ मा आजको खेल सकाए। ३-ओभरको खराब प्रदर्शनमा भुवन तेस्रो स्थानबाट छैटौँ स्थानमा तल झरे।

त्यसैगरी ३-ओभर १ सय ३९ स्कोरमा सञ्जय लामा, दीपक थापा र सूर्य प्रसाद शर्मा संयुक्तरुपमा आठौं‌ स्थानमा रहे। 
सञ्जयले दोस्रो दिनको उत्कृष्ट कार्ड बनाउँदै ३-अन्डर ६५ मा खेल सकाए। दीपकले इभन-पार ६८ र सूर्यले १-ओभर ६९ को स्कोर दर्ज गरे।

एमेच्योरतर्फ टासी छिरिङ र राहुल विके समग्रमा ६-ओभर १ सय ४२ सहित संयुक्तरुपमा दोस्रो स्थानमा छन्। दुवैले आज ३-ओभर ७१ को स्कोर बनाए। उनीहरू लिडर सदभाव भन्दा ९ स्ट्रोकले पछि रहेका छन्।

३६ होलको समाप्तिमा १९-ओभर १ सय ५५ सम्म‌ स्कोर गरेका २१ प्रोफेसनल र ३ एमेच्योर गरी कुल २४ जनाले कट बनाएका छन्। 

कृष्णमान राजबाहक, रामकृष्ण श्रेष्ठ, रमेश अधिकारी, विष्णु प्रसाद शर्मा, प्रदीप कुमार लामा, टंक बहादुर कार्की, भुवन कुमार रोक्का, वसन्त राज गुरुङ, पशुपति शर्मा, धुव्र केसी, किसन कालीराज सुनार र विकास अधिकारीले अन्तिम ३६ होलका लागि स्थान सुरक्षित गरे।

उपाधि रक्षा गर्ने कोसिसमा रहेका युवा एमेच्योर सदभावले फ्रन्ट नाइन १-ओभर ३५ मा सकाए। पहिलो र चौथो होलमा बर्डी प्रहार गरे। 

तर पाँचौँ होलमा डबल बोगी र सातौं होलमा बोगीको सामना गरे। सदभावले ब्याक नाइन भने २-अन्डर ३२ मा पुरा गरे। ५-पारको १०औं होलमा इगलको सफलता प्राप्त गर्दा ११औं होलमा बर्डी प्रहार गरे। १४ औं होलमा भने एक सट खेर फाले।

धनले दोस्रो होलको बोगीका विरूद्ध तेस्रो र पाँचौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन १-अन्डर मा सकाए। यसपछि १२औं होलमा बोगी र १३औं होलको बर्डीले ब्याक नाइनमा इभन-पार ३४ को स्कोर निकाले।

दोस्रो र चौथो होलको बर्डीमा रविले फ्रन्ट नाइन २-अन्डर ३२ मा पुरा गरे। यसपछि १५औं होलमा एक सट खेर फाल्दा १८औं होलको बर्डीले ब्याक नाइन इभन-पार ३४ मा सकाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .