खेल


सशस्त्र प्रहरीको आयोजनामा ‘बाहिनीपति कप-२०८०’ खेलकुद प्रतियोगिता

सशस्त्र प्रहरीको आयोजनामा ‘बाहिनीपति कप-२०८०’ खेलकुद प्रतियोगिता

नेपालखबर
फागुन २३, २०८० बुधबार १४:१३, काठमाडौँ

सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीले ‘बाहिनीपति कप प्रतियोगिता २०८०’ आयोजना गरेको छ।

मंगलबारदेखि आयोजना भएको प्रतियोगिता फागुन २५ गतेसम्म चल्ने छ।

संगठनको पेशागत गतिविधि चक्रअन्तर्गत आयोजना भएको बाहिनीपति कप प्रतियोगितामा फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन र टेबल टेनिसका खेलहरू हुने सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकलीका प्रब्क्ता सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र गिरीले बताए।

खेलको उद्घाटन गर्दै  सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेलले उद्‌घाटन गर्दै फौजको व्यवसायिक क्षमता अभिवृद्धि, सामूहिक भावनाको विकास, युनिटप्रतिको बफादारिता, व्यक्तिगत अनुशासन, उपलब्ध साधन स्रोतको सदुपयोग तथा व्यवसायिक प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले पेशागत गतिविधि चक्रअन्तर्गत प्रतियोगिता गरिएको बताए।

उक्त प्रतियोगितामा बाहिनी मातहत गण र गुल्महरूबाट विभिन्न ५ विधाका खेलहरूमा १२० जनाभन्दा बढी खेलाडी सशस्त्र प्रहरी कर्मचारीहरूले प्रतिस्पर्धा गर्ने छन्।

मंगलबार भएको उद्घाटन खेलमा सशस्त्र प्रहरी बल नेपाल नं. १ गण हेड क्वार्टर इलाम र सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण हेड क्वार्टर त्रियुगा उदयपुरको फुटबल टिमबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा नम्बर ५ गण हेड क्वार्टर त्रियुगा उदयपुर टाइब्रेकरमा ७-६ ले विजयी भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .