ad ad

खेल


नेपाल र वेस्ट इन्डिज ‘ए’बीच हुने पाँच टी-२० को खेल तालिका सार्वजनिक

नेपाल र वेस्ट इन्डिज ‘ए’बीच हुने पाँच टी-२० को खेल तालिका सार्वजनिक

नेपालखबर
चैत २७, २०८० मंगलबार ७:४२, काठमाडौँ

नेपाल र वेस्ट इन्डिज ‘ए’बीच नेपालमा हुने पाँच टी–२० प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।

आईसीसी टी-२० विश्वकपअघि नेपालले वेस्ट इन्डिज एसँग पाँचवटा टी २० शृंखला खेल्ने भएको हो।

त्यसका लागि वेस्टइन्डिज पहिलोपटक नेपाल आउँदै छ।

उक्त खेलको खेल तालिका वेस्टइन्डिज क्रिकेट बोर्डले सार्वजनिक गरेको हो। जसअनुसार पहिलो खेल अप्रिल २७ मा हुनेछ।

यसपछि दोस्रो अप्रिल २८, तेस्रो मे १, चौथो मे २ र पाचौँ मे ४ मा हुनेछन्।

सबै खेल काठमाडौँस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

खेल नेपाली समयानुसार दिउँसो १ बजे सुरु हुनेछ।

ओमानबाट पर्खेपछि नेपालले घरेलु मैदानमा वेस्ट इन्डिज 'ए'सँग टी–२० शृंखला खेल्ने भएको हो।

उक्त शृंखला खेलेपछि नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका जानेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .