ad ad

खेल


एसीसी प्रिमियर कपमा नेपालको पहिलो भिडन्त मलेसियासँग

एसीसी प्रिमियर कपमा नेपालको पहिलो भिडन्त मलेसियासँग

फाइल तस्बिर


नेपालखबर
चैत २८, २०८० बुधबार २२:७, काठमाडौँ

यही चैत ३० गतेदेखि ओमानमा हुने एसीसी प्रिमियर कप टी-२० प्रतियोगितामा नेपालले पहिलो खेल मलेसियासँग खेल्ने भएको छ।

एसियन क्रिकेट काउन्सिलका अनुसार प्रिमियर कपको समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल वैशाख १ गते कतार, ३ गते हङकङ र ५ गते साउदी अरेबियासँग खेल्नेछ। 

यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन्। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा जानेछन्। यस्तै फाइनल प्रतिस्पर्धा वैशाख ९ गते हुनेछ।

प्रतियोगिताको विजेता टोली सन् २०२५ को टी-२० एसिया कप खेल्न जानेछ। नेपाल एसीसी प्रिमियर कपको साविक विजेता हो। नेपाललाई यसपटक उपाधि रक्षाको चुनौती छ।

नेपाली टोलीले भारतको गुजरातमा एसएमएस फ्रेन्डसिप कप टी-२० क्रिकेट प्रतियोगिता खेलेको छ।

प्रशिक्षण खेलका रुपमा नेपालले गुजरात र बरोडा क्रिकेट संघ सम्मिलित प्रतियोगिता खेलेको हो। जहाँ नेपाल च्याम्पियन हुँदै अब ओमानतिर जानेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .