ad ad

खेल


राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताकाे ट्रफी सार्वजनिक

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताकाे ट्रफी सार्वजनिक

तस्बिर : सरोज नेपाल


नेपालखबर
चैत २९, २०८० बिहिबार १५:६, काठमाडौँ

आगामी वैशाख ४ गतेदेखि हुने १४ औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताकाे ट्रफी सार्वजनिक भएकाे छ। 

राष्ट्रिय खेलकुद परिषदले बिहिबार पत्रकार सम्मेलन गर्दै ट्रफी सार्वजनिक गरेकाे हाे।  

युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने प्रतियाेगिता वैशाख ४ गतेदेखि ६ गतेसम्म हुदैछ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वानदो र उसु खेलको प्रतिस्पर्धा हुनेछ। 

एथलेटिक्स खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, भलिबल राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, कराते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा अवस्थित कराते हल, तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हल र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा हुनेछ।

एथलेटिक्सको छात्र छात्रामा समान १३ गरी २६ स्वर्ण, कराते, तेक्वान्दो र उसुको छात्र/छात्रामा समान ६ गरी ३६ स्वर्ण तथा स्वर्णका लागि स्पर्धा हुनेछ।  

भलिबल र कबड्‌डीको छात्र/छात्रमा समान १ गरी ४ स्वर्णका लागि गरि कुल ६६ स्वर्णका प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा सातै प्रदेशबाट जम्मा ६ सय ८६ खेलाडी सहभागी हुने राखेपले जनाएकाे छ।

केन्द्रस्तरीय प्रतियोगिताका लागि स्थानिय तह, जिल्ला तथा प्रदेश छनोट प्रतियोगिता सम्पन्न भइसकेकाे छ। 

संघीय प्रणालीअनुरुप विद्यालय तहमा अध्ययनरत १८ वर्षमुनिका विद्यार्थी खेलाडीहरुलाई खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्न यो प्रतियोगिताको सुरुआत गरिएको हाे।  

प्रतियोगिताको सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा वैशाख ४ गते उ‌द्घाटन गर्ने कार्यक्रम छ।

प्रतियोगिताको कुल पुरस्कार राशी ११ लाख ५२ हजार रुपैयाँ छ। प्रत्येक खेलको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ।

समग्रमा टिम च्याम्पियनको उपाधि हात पार्ने टोलीलाई नगदसहित रनिङ शिल्ड प्रदान गरिने छ। 

यसअघि लुम्बिनी प्रदेशले लगातार ३ संस्करण जित्दै रनिङ सिल्ड आफ्‌नै बनाइसकेकाे छ।

याे पटक नयाँ रनिङ सिल्ड तयार पारेकाे परिषदले जनाएकाे छ। समग्रमा उपविजेता र तेश्रो हुने टिमलाई पनि नगद पुरस्कारसहित ट्रफी प्रदान गरिने छ।

प्रतियाेगितामम जुनियर राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीले जनही १५ हजार रुपैयाँ पाउनेछन्। प्रतियोगिताका लागि सरकारले १ करोड ५० हजार रुपैयाँ विनियोजन गरेकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .