छ पटकको विश्व च्याम्पियन बक्सर मेरी कोमले पेरिस ओलम्पिकमा भारतीय टोलीको प्रमुखको पदबाट राजीनामा दिएकी छन्।
मेरी कोमले यो निर्णय व्यक्तिगत कारणले गरेको उल्लेख गरेकी छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार मेरी कोमले व्यक्तिगत कारणले आफूसँग अर्को विकल्प नभएको बताएकी छन्।
पीटीआईका अनुसार भारतीय ओलम्पिक संघका अध्यक्ष पीटी उषाले मेरी कोमले आफूलाई भारतीय टोली प्रमुख पदबाट मुक्त गर्न पत्र लेखेको बताएकी छन्।
— Team India (@WeAreTeamIndia) April 12, 2024🚨 Press Release pic.twitter.com/Afd4vKOnz7
मेरी कोमले पत्रमा लेखेकी छन्, ‘कुनै पनि तरिकाले देशको सेवा गर्न पाउनु मेरा लागि गौरवको कुरा हो। यसका लागि म मानसिक रूपमा तयार थिएँ। तर व्यक्तिगत कारण यो जिम्मेवारी पूरा गर्न सक्दिनँ।’
भारतीय ओलम्पिक संघले मेरी कोमलाई मार्च २१ मा पेरिस ओलम्पिकका लागि भारतीय दलको प्रमुखको रूपमा नियुक्त गरेको थियो। यसै वर्षको सुरुमा मेरी कोमले बक्सिङबाट सन्न्यास लिएकी थिइन्।
Shares
प्रतिक्रिया