ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा जारी एसीसी प्रिमियर कपमा कतारविरुद्ध नेपालका बलर ललित राजवंशीले पहिलो विकेट लिएका छन्। दोस्रो ओभर बलिङ गर्न मैदान छिरेका उनले पहिलो बलमै विकेट लिएका हुन्।
कतारका ओपनर सकलेन अर्शदलाई उनले विवेक यादवको हातबाट क्याचआउट गरे।
खेलमा नेपालले २ सय ११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। दीपेन्द्रसिंह ऐरीको विस्फोटक ब्याटिङमा ७ विकेट गुमाउँदै नेपालले सो लक्ष्य प्रस्तुत गरेको हो।
504
Shares
प्रतिक्रिया