बायर लिभरकुसेनले क्लब इतिहासमा पहिलो पटक जर्मन बुन्डेस लिगाको उपाधि पक्का गरेको छ।
आइतबार राति वेर्डर ब्रेमनलाई ५–० को फराकिलो अन्तरले हराउँदै लिभरकुसनले पहिलो पटक लिग उपाधि पक्का गरेको हो।
क्लबको १ सय २० वर्षे इतिहासमा लिभरकुसेन पहिलो पटक च्याम्पियन बनेको हो। बुन्डेसलिगा जित्ने लिभरकुसन १३ औँ क्लब हो। सन् २००८–०९ पछि बुन्डेसलिगाले नयाँ च्याम्पियन पाएको हो।
जाभी अलोन्सोको प्रशिक्षणमा रहेको लिभरकुसेन यो सिजन अपराजित छ। टोलीको जितमा फ्दोरियन विटरजले ह्याट्रिक पूरा गरे। भिक्टर बोनिफेश र ग्रानिटको नाममा समान एक गोल रह्यो।
लिभरकुसेनले उपाधि पक्का गरेसँगै लागातार ११ पटक उपाधि जितेको बायर्न म्युनिखको उपाधि रक्षा यात्रामा पूर्णविराम लागेको छ।
लिभरकुसनले २९ मध्य २५ खेलमा जित र ४ खेलमा बराबरी गर्दै ७९ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको बायर्नको समान खेलबाट ६३ अंक छ।
Shares
प्रतिक्रिया