युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलाडीले पाउने पुरस्कार रकम निकासा गर्ने घोषणा गरेका छन्।
शुक्रबार आईसीसी टी–२० विश्वकपमा सहभागी हुने नेपाली राष्ट्रिय टोलीलाई बिदाई गर्ने क्रममा मन्त्री श्रेष्ठले सो घोषणा गरेका हुन्।
उनले त्यसका लागि आवश्यक बजेट २ करोड ९७ लाख १० हजार रुपैयाँ निकासा गर्ने जानकारी दिए।
१९ औं एशियाली खेलकुद प्रतियोगिताका पदक बिजेता खेलाडी र आईसीसी पुरुष टी२० वर्ल्ड कप फाइनल एशिया २०२३ दोस्रो स्थान हासिल गरेका खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई नगद पुरस्कार तथा सम्मान गर्न सो रकम निकासा गरिएको हो।
42
Shares
प्रतिक्रिया