ad ad

खेल


टी-२० मा पहिलोपटक पाकिस्तानलाई हराउँदै आयरल्यान्डले रच्यो इतिहास

टी-२० मा पहिलोपटक पाकिस्तानलाई हराउँदै आयरल्यान्डले रच्यो इतिहास

नेपालखबर
बैशाख २९, २०८१ शनिबार १२:३०, काठमाडौँ

आयरल्यान्डले टी–२० अन्तर्राष्ट्रिय खेलमा पहिलोपटक पाकिस्तानलाई पराजित गर्दै इतिहास रचेको छ। 

डब्लिनमा भएको तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्यान्डले पाकिस्तानलाई ५ विकेटले हराएको हो। 

पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा १८२ रन बनाएको थियो।

पाकिस्तानका लागि कप्तान बाबर आजमले ५७ रनको इनिङ खेले। इफ्तिखार अहमदले १५ बलमा अविजित ३७ रन बनाए।

आयरल्यान्डका लागि क्रेग योङले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा आयरल्यान्डको सुरुवात राम्रो हुन सकेन र ४.१ ओभरमा उसले २७ रनमा दुई विकेट गुमाएक थियो।

तर एन्डी बालबर्नीले ५५ बलमा ७७ रन बनाएर आयरल्यान्डलाई जितको नजिक पुर्‍याएका थिए। 

बालबर्नीको विकेट खसेपछि आयरल्यान्डको स्कोर १८.४ ओभरमा ५ विकेट गुमाएर १६७ रन थियो।

आयरल्यान्डलाई जितका लागि अन्तिम ओभरमा ११ रन आवश्यक थियो। आयरल्यान्डले १ बल बाँकी रहँदा १८३ रनको लक्ष्य पूरा गरेको थियो।

सिरिजको दोस्रो खेल मे १२ मा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .