ब्याडमिन्टनको जुनियर विश्व वरियरताका पूर्व नम्बर १ खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ खेल्ने भएका छन्।
विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) ले शनिबार जारी गरेको विज्ञप्ति अनुसार प्रिन्स युनिभर्सलिटी कोटाबाट ओलम्पिक खेल्ने पक्का भएको हो।
यो सँगै ब्याडमिन्टनबाट ओलम्पिक खेल्ने प्रिन्स पहिलो नेपाली खेलाडी बन्ने भएका छन्। प्रिन्सले युनिभर्सलिटी कोटाबाट ब्याटमिन्टन खेल्नेछन्।
प्रिन्ससँगै युनिभार्सलिटी कोटामा पुरुषतर्फ सुरीनामका सोरेन ओप्ति र महिलातर्फ मालदिभ्सकी अब्दुल रजाक फथिमाथले खेल्नेछन्।
ब्याडमिन्टनमा यो पटक १ सय ६६ नियमित कोटामा समान ८३ जना महिला र पुरुष तथा ३ युनिभार्सलिटी कोटा र एक ओलम्पिक रिफ्युजी कोटामा खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।
युनिभार्सलिटी कोटा ओलम्पिकमा कमजोर उपस्थिति बनाउने राष्ट्रका खेलाडीलाई ओलम्पिकमा प्रतिस्पर्धा गर्ने अवसर दिन निर्धारण गरिएको कोटा हो।
विश्वभरबाट ब्याडमिन्टनमा ३ खेलाडीले पाएको कोटामा प्रिन्स आफ्नो पुरानो प्रदर्शनको आधारमा छनोट हुन सफल भएका हुन्।
Shares
प्रतिक्रिया