अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा विजयी खेलाडीलाई पुरस्कृत र सम्मान गर्नुका साथै उनीहरूको मनोबल बढाइने सरकारले घोषणा गरेको छ।
संसद भवनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलेले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता बढाउने बताएका हुन्।
खेलाडीको सम्मान र वृत्ति विकासका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुका साथै खेलकुद क्षेत्रमा महिला सहभागिता बढाउने विषयलाई समावेश गरिएको छ।
यस्तै सबैको लागि खेलकुद तथा यो अभ्यासको अवसर सृजना गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
51
Shares
प्रतिक्रिया