ad ad

खेल


सरकारको प्राथमिकतामा क्रिकेट मैदान, खेलाडीलाई जीवन निर्वाह भत्ता

सरकारको प्राथमिकतामा क्रिकेट मैदान, खेलाडीलाई जीवन निर्वाह भत्ता

लक्ष्मी जि.सी
जेठ १, २०८१ मंगलबार १७:१६, काठमाडौँ

सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा क्रिकेट मैदानलाई प्राथमिकतामा राखेको छ। 

खेलकुद पुर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राख्दै काठमाडौको मुलपानी, मोरङको विराटनगर, कैलालीको फाप्ला क्रिकेट रंगशालाई तिव्रता दिइने सरकारले नीति तथा कार्यक्रममार्फत् बताएको छ। 

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलेले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता बढाउने पनि बताए।

यस्तै खेलकुद पुर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राख्दै काठमाडौको मुलपानी, मोरङको विराटनगर, कैलालीको फाप्ला क्रिकेट रंगशालाई तिव्रता दिइने बताएको छ। 

यस्तै चितवनको भरतपुरमा निमार्णधिन गौतमवुद्ध क्रिकेट रगंशाला संघ, प्रदेश र स्थानिय तहको साझेदारीमा अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ।

कीर्तिपुरको क्रिकेट मैदानको स्तरोन्नतीका साथ थप निमार्ण कार्य प्राथमिकताका साथ अद्धि बढाइने निति तथा कार्यक्रममा समावेश गरिएको छ। 

अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा विजयी नेपाली खेलाडीलाई पुरस्कृत र सम्मान गर्नुका जिवन निर्वाह भत्ता व्यवस्था गर्नुका साथै उनीहरुको मनोबल उच्च गराइने सरकारले घोषणा गरेको छ।

खेलाडीको सम्मान र वृत्ति विकासका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुका साथै खेलकुद क्षेत्रमा महिला सहभागिता बढाउने विषयलाई समावेश गरिएको छ। 

सबैको लागि खेलकुद तथा योग अभ्यासको अवसर सृजना गरिने सरकारको निति तथा कार्यक्तममा उल्लेख गरिएको छ। 

यस्तै आगामी आर्थिक वर्षका दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने, आधुनिक प्रविधियुक्त खेलकुदको अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गरिने विषय समावेश गरिएको छ। 

विद्यालयस्तरका शिक्षक र विद्यार्थीलाई खेलकुद तालिम दिइने, बालबालिकाको उमेरगत खेलकुद प्रतियोगिता तालिम दिइने राष्ट्रपति पौडेलले घोषणा गरेको निति तथा कार्यक्रममा समावेश गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .