ad ad

खेल


जेठ दोस्रो सातादेखि उपत्यकाव्यापी ट्वान्टी-२० क्रिकेट

जेठ दोस्रो सातादेखि उपत्यकाव्यापी ट्वान्टी-२० क्रिकेट

नेपालखबर
जेठ ६, २०८१ आइतबार १८:१०, काठमाडौँ

एनसीसीएस आमन्त्रमण उपत्यकाव्यापी ट्वान्टी–२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताको अन्त्यदेखि हुने भएको छ।

भक्तपुर जिल्ला क्रिकेट संघको आयोजनामा प्रतियोगिता १२ देखि १९ गतेसम्म हुने भएको हो। प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ तीन टोलीले प्रतिष्पर्धा गर्नेछन्।

आयोजक भक्तपुर जिल्ला क्रिकेट संघले आईतवार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिएको हो। प्रतियोगिताको सम्पूर्ण खेल मुलपानी क्रिकेट मैदानमा हुनेछन्।

पुरुषमा भक्तपुर क्रिकेट सेन्टर, भक्तपुर क्रिकेट एक्सिलेन्ट सेन्टर, बल पार्क स्पोर्टस् इभेन्ट एण्ड एकेडेमी ललितपुर, ग्रेट हिमालयन क्रिकेट एकेडेमी ललितपुर, क्रिकेट एक्ससिलेन्ट सेन्टर काठमाडौं र ओसिस क्रिकेट एकेडेमी काठमाडौं सहभागी हुनेछन्।

पुरुषमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूहका शिर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। महिलातर्फ काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला क्रिकेट संघको सहभागिता रहनेछ।

यो डबल राउण्ड रोविनका आधारमा हुनेछन् र लिगका शीर्ष दुई टोलीले उपाधि यात्रा तय गर्नेछन्। महिला र पुरुष दुवै तर्फका विजेताले समान २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रत्येक खेल प्लेअर अफ दी म्याचले समान १५ सय पुरस्कार पाउनेछन्। बेस्ट बलर, बेस्ट ब्याटर र प्लेअर अफ दी सिरिजले पनि पुरस्कार पाउने आयोजकले उल्लेख गरेको छ।

खेल प्रतिभा पहिचान गर्दै उनीहरूको प्रशिक्षण विकास र उपर्युक्त अनुकुल खेल वातावरण सिर्जना गर्न यो प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .