ad ad

खेल


वर्षा बाधक बन्दा राजस्थान एलिमिनेटरमा, सनराइजर्स शीर्ष २ मा

वर्षा बाधक बन्दा राजस्थान एलिमिनेटरमा, सनराइजर्स शीर्ष २ मा

नेपालखबर
जेठ ७, २०८१ सोमबार ७:४०, काठमाडौँ

इण्डियन प्रिमियर लिग अन्तर्गत राउण्ड रोविनको अन्तिम खेलमा वर्षा बाधक बन्दा राजस्थान रोयल्सले कोलकता नाइट राइडर्ससँग अंक बाड्न बाध्य भएको छ। 

यसअघि नै शीर्ष स्थानमा रहँदै क्वालिफायरमा स्थान बनाइसकेको कोलकतासँग अंक बाँड्दा राजस्थानले भने तेस्रो स्थानमा रहन बाध्य भयो।

राजस्थान दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने योजनामा थियो। तर खेल रद्द हुँदा अंक बाँड्न बाध्य भयो। अंक बाँडेपछि सनराइजर्स हैदरावादसँग समान १७ अंक भएपछि नेट रनरेटमा पछि पर्दै राजस्थान एलिमिनेटर खेल खेल्न बाध्य भएको हो। 

गएराति कै अर्को खेलमा भने सनराइजर्स हैदरावादले पंञ्जाव किग्समाथि ४ विकेटको जित निकालेको थियो। 

आइपीएलमा मंगलबार राति हुने पहिलो क्वालिफायरमा कोलकता नाइट राइडर्स र सनराइजर्स हैदरावदा खेल्नेछन्। यो खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउँदा पराजित हुने टोलीले भने फाइनलमा पुग्न अर्को एक मौका पाउनेछ। 

पराजित हुने टोलीले एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नुपर्नेछ। 

एलिमिनेटर खेलमा राजस्थान रोयलस र रोयल च्यालेन्जर्स बैग्लोर खेल्नेछन्। यो खेलको विजेताले दोस्रो क्वालिफायरमा स्थान बनाउँदा पराजित हुने टोली भने उपाधि होडबाट बाहिरिनेछ। एलिमिनेटर खेल बुधबार हुनेछ। 

दोस्रो क्वालिफायर खेल शुक्रबार हुनेछ। उपाधि भिडन्त आइतरबार हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .