फ्रान्सेली स्ट्राइकर ओलिभर जिराउडले २०२४ को युरो कपपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका छन्।
एसी मिलानका स्ट्राइकर जिराउड फ्रान्सका लागि सबै समयका सर्वाधिक गोलकर्ता हुन्। उनले १ सय ३१ खेलमा ५७ गोल गरेका छन्।
उनले सन् २०११ मा फ्रान्सको सिनियर टोलीमा डेब्यु गरेका थिए।
सन् २०१८ मा फ्रान्सलाई विश्वकप दिलाएका ३७ वर्षिय जिराउडले भने, ‘अब हामीले युवाहरुलाई बाटो दिनुपर्छ।’
सन् २०२२ मा कतारमा भएको विश्वकपको क्वार्टरफाइनलमा इङल्याण्डविरुद्ध उनले १ गोल गरेका थिए। अर्जेन्टिनालाई टाइब्रेकरमा पराजित गर्दै फ्रान्स फाइनलमा पुगेको थियो।
जिराउडले शनिबार अन्तिम पटक सिरि ए सिजनको अन्तिम खेलमा मिलानका लागि खेल्ने अपेक्षा गरिएको छ।
युरोकपपछि उनले अमेरिकी मेजर लिग सकर क्लब लस एन्जलस एफसीमा आवद्ध हुन सम्झौता गरिसकेका छन्। उनले क्लबसँग १८ महिनाको सम्झौता गरेका छन् भने थप १ वर्षको विकल्प पनि उनीसामु छ।
Shares
प्रतिक्रिया