ad ad

खेल


ह्युस्टन हरिकेन्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि नेपाल विजयी

ह्युस्टन हरिकेन्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि नेपाल विजयी

नेपाली क्रिकेट टोली। तस्बिर : क्यान


नेपालखबर
जेठ १३, २०८१ आइतबार ९:४, काठमाडौँ

आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले ह्युस्टन हरिकेन्ससँगको दोस्रो अभ्यास खेलमा पनि जित हासिल गरेको छ। 

शनिबार राति भएको दोस्रो अभ्यास खेलमा नेपालले हरिकेन्सलाई २७ रनले हराएको हो।

यसअघि पहिलो अभ्यास खेलमा नेपाल ६ रनले विजयी भएको थियो। 

दोस्रो अभ्यास खेलमा नेपालले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको हरिकेन्स १८.३ ओभरमा ९६ रनमा अलआउट भयो। 

जिआ शाहजादले बनाएको ३५ रन नै ह्युस्टनका लागि सर्वाधिक रह्यो।

इमरान खान जुनियर र लाहिरु मिलान्थाले समान १६ रन थपे।

नेपालका लागि करण केसीले ३ विकेट लिए। उनले ३ ओभरमा १० रन खर्चे। सोमपाल कामी र अभिनाश बोहराले समान २/२ विकेट लिए।

रोहित पौडेल र सागर ढकालले समान १/१ विकेट आफ्नो नाममा गरे। 

त्यसअघि प्रेरी भ्यु कम्प्लेक्स ह्युस्टनमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २३ रनको योगफल तयार पारेको थियो। 

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३७ रन बनाए। कुशल भुर्तेलले २३ रन बनाए।

गुल्सन झाले १४ रन बनाउँदा सोमपाल कामी र सन्दीप जोराले समान १२ रन बनाउँदा अविजित रहे। कुशल मल्लले ६, अनिल कुमार शाहले ४ र आशिफ शेखले १ रन बनाए।

ह्युस्टनका इमरान शेख जुनियर र जिआ शाहजादले समान २ विकेट लिए। कोरी ड्राई र उस्मान शिनवारीले समान एक विकेट लिए।

अब नेपाली टोली टेक्सासको डालास जानेछ। जहाँ नेपाल अमेरिका र क्यानडासँग विश्वकपअघिको आधिकारिक अभ्यास खेल खेल्नेछ।

यसपछि नेपाली टोली साेमबार क्यानडासँग र बिहीबार अमेरिकासँग खेल्नेछ।

टी-२० विश्वकपको पहिलो खेल भने नेपालले जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .