ad ad

खेल


एमबाप्पेले छाडे पीएसजी

एमबाप्पेले छाडे पीएसजी

नेपालखबर
जेठ १३, २०८१ आइतबार ११:४१, काठमाडौँ

फ्रेन्च कपको फाइनल खेल्दै केलियन एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आफ्नो करिअरको अन्त्य गरेका छन्। 

शनिबार राति लिलेको स्टेड पियरे-माउरोयमा भएको फ्रेन्च कपको फाइनलमा ओलम्पिक लियोनविरुद्ध २-१ को जित दर्ता गर्दा पीएसजीका लागि एमबाप्पेको अन्तिम खेल थियो। 

२५ वर्षीय एमबाप्पे पीएसजी छाडेर रियल मड्रिड जाने चर्चा छ।

सन् २०१७ मा मोनाको छाड्दै पीएसजी आएका एमबाप्पेले ३ सय ८ खेलमा २ सय ५६ गोल गरेका छन्।

पीएसजीका लागि सर्वाधिक गोलकर्तासमेत रहेका एमबाप्पेले पीएसजीका लागि ६ लिग वान, चार फ्रेन्च कप र दुई लिग कप उपाधि दिलाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .