ad ad

खेल


रिसिभ र सर्भिस सोचेअनुसार नहुँदा भारतसँग हार बेहोर्नुपर्‍यो : मुख्य प्रशिक्षक भट्ट

रिसिभ र सर्भिस सोचेअनुसार नहुँदा भारतसँग हार बेहोर्नुपर्‍यो : मुख्य प्रशिक्षक भट्ट

नेपालखबर
साउन २३, २०८१ बुधबार २०:४५, काठमाडौँ

काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतविरुद्ध पराजित भएपछि नेपाली महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले रिसिभ र सर्भिसमा सोचे अनुसार हुन नसक्दा भारतविरुद्ध हार भोग्नुपरेको बताएका छन्।

खेलपछि मुख्य प्रशिक्षक भट्टले भने, ‘मुख्य खेलाडीहरुले राम्रो प्रर्दशन गर्न नसक्दा आफ्नो रणनीतिमा सफल हुन सकेनौँ।’

उनले भारतीय पक्षको ब्लक राम्रो रहेको प्रतिक्रिया दिए। चौँथो सेट जित्नैपर्नेमा रणनीतिअनुसार खेलाडीले प्रदर्शन गर्न नसेको प्रशिक्षक भट्टले सुनाए।

‘हामीले जुन रणनीतिका साथ भारतसँग खेल्ने भनेका थियौं, सोचेअनुसारको रिसिभ र सर्भिस राम्रो गर्न नसक्दा हार व्यहोर्नुपग्यौँ’ उनले भने, ‘चौथो सेटमा जित्नुपर्ने खेल थियो तर जित्न सकेनौँ। हाम्रो रिसिभ राम्रो भएन भने उनीहरुको ब्लक राम्रो थियो जसका कारण हामीले खेल जित्न सकेनौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .