विश्वकप २०२६ को छनोट खेलमा ब्राजिल खराब लयमा देखिएको छ।
८ औँ चरणका खेल सकिँदा ब्राजिलले मात्रै तीन खेल जितेको छ।
बाँकी चार खेलमा पराजित भएको ब्राजिलले एक खेल बराबरी खेलेको छ।
बुधबार बिहान ब्राजिल पाराग्वेसँग हार्दै अंक गुमाउन बाध्य भएको हो।
घरेलु मैदानमा पाराग्वेले ब्राजिललाई १–० ले जित्यो।
यो नतिजापछि १० अंकसहित ब्राजिल पाँचौँ र पाराग्वे ९ अंकसहित सातौँ स्थानमा छन्।
पाराग्वेको जितमा डिएगो गोमेज निर्णायक बने।
उनले २०औँ मिनेटमा गरेको गोल नै ब्राजिललाई हराउन पर्याप्त बन्यो।
यसअघिका खेलमा अर्जेन्टिना, कोलम्बिया र उरुग्वेसँग पनि ब्राजिल हारेको थियो।
दक्षिण अमेरिकी छनोटकै बाँकी खेलमा उरुग्वे र भेनेजुयलाले गोलरहित बराबरी खेल्दा चिले बोलिभियासँग २–१ ले हार्यो।
कोलम्बियाले अर्जेन्टिनालाई र इक्वेडरले पेरुलाई १–० ले हरायो।
Shares
प्रतिक्रिया