ad ad

खेल


एभरेष्ट महिला भलिबल लिगः गण्डकी थण्डर्सको 'ट्यालेन्ट हन्ट'बाट सोइङ थापा छनोट

एभरेष्ट महिला भलिबल लिगः गण्डकी थण्डर्सको 'ट्यालेन्ट हन्ट'बाट सोइङ थापा छनोट

नेपालखबर
असोज ९, २०८१ बुधबार २१:७, काठमाडौँ

एभरेष्ट महिला भलिबल लिगका लागि गण्डकी थण्डर्सले गरेको 'ट्यालेन्ट हन्ट'बाट सोइङ थापा छनोट भएकी छिन्। 

बुधबार पोखरा रगंशालामा भएको ट्यालेन्ट हन्टमा २९ प्रतिस्पर्धीलाई पछि पार्दै उनी ट्यालेन्ट हन्टको विजेता बन्न सफल भएकी हुन्। गण्डकीमा भएको छनोटमा ३० खेलाडी सहभागी भएका थिए। 

५ फिट ८ इन्च उचाइ भएकी १७ वर्षकी थापा स्याङ्जा कालीगण्डकीकी भएपनि पोखरामा बस्दै आएकी छन्। 

नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज लिगमा हरेक टोलीले ट्यालेन्ट हन्टमार्फत एक खेलाडी टिममा राख्नुपर्ने नियम छ। एभरेष्ट महिला भलिबल लिग असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा हुनेछ। 

गण्डकी थन्डर्सको टोली
सरस्वती चौधरी, प्रगति नाथ, कविता भट्ट, रीमा कुँवर, आरती चौधरी, स्नेहा ठगुन्ना, लक्ष्मी चन्द, सरस्वती जैसी, एलिसा रुबियक, शिल्पा सिन्धु, एकातोरिना जुभ्यागिन्त्सेभा, जुही शा र सोइङ थापा।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .