ad ad

खेल


स्पेनिस ला लिगा: एथलेटिको मड्रिडको नाटकीय जित

स्पेनिस ला लिगा: एथलेटिको मड्रिडको नाटकीय जित

नेपालखबर
असोज ११, २०८१ शुक्रबार ८:४३, काठमाडौँ

अन्तिम समयमा जुलियन अल्भारेजले गोल गरेपछि एथलेटिको मड्रिडले स्पेनिस ला लिगामा नाटकीय जित दर्ता गरेको छ। 

बिहीबार राति भएको खेलमा एथलेटिकोले सेल्टा डि भिगोमाथि १–० को रोमाञ्चक जित निकाल्दै हारबाट जोगिएको हो। 

जितसँगै एथलेटिको ला लिगा अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। लिगको सात खेलमा चारमा खेलमा जित र ३ खेलमा बराबरी गरेको एथलेटिको १५ अंकमा तालिकाको तेस्रो स्थानमा छ। 

समान खेलबाट २१ अंक भएको बार्सिलोना शीर्ष र १७ अंक भएको रियल मड्रिड दोस्रो स्थानमा छ। 

मोटो रकममा एथलेटिको पुगेका अल्भारेजले खेलको अन्तिम मिनेटमा एन्टोइन ग्रिजम्यानको क्रसलाई सदुपयोग गर्दै बललाई उत्कृष्ट फिनिसिङ दिएका थिए। 

गएराति नै भएको अर्को खेलमा भिल्लारियलले स्पान्योलमाथि २–१ को जित दर्ता गरेको थियो। जितसँगै भिल्लारियल १४ अंकमा तालिकाको चौथो स्थानमा छ। 

अर्को खेलमा भने लस पलमास र रियल बेटिसले १–१ को बराबरी गर्दै अंक बाँडे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .