खेल


एन्फा प्रेसिन्डेट लिगमा १० टोलीले प्रतिस्पर्धा गर्ने

एन्फा प्रेसिन्डेट लिगमा १० टोलीले प्रतिस्पर्धा गर्ने

नेपालखबर
कात्तिक १७, २०८२ सोमबार १७:३३, काठमाडौँ

एन्फा प्रेसिन्डेट लिग २०२५ को तयारी पूरा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो। 

एन्फा फुटबल कार्यक्रम अन्तर्गत एन्फामा आवद्ध जिल्ला लिगबाट च्याम्पियन बनेर प्रदेश लिगबाट छनोट भएका १० टोलीले प्रेसिडेन्ट लिगमा प्रतिस्पर्धा गर्नेछन्। 

लिगमा सहभागी १० टोलीलाई दुई समुहमा विभाजन गरिएको छ। लिग कम नकआउटको आधारमा हुने खेलको समुहका विजेता र उपविजेता नकआउट चरणमा प्रवेश गर्नेछन्। सेमिफाइनलमा स्थान बनाउने चार टोलीले यसै वर्ष हुने राष्ट्रिय लिगमा सहभागिता जनाउनेछन्। 

लिगमा गाइघाट फुटबल क्लब (उदयपुर), देउराली युथ क्लब (धनकुटा), नव जाग्रिती क्लब (बारा), चित्लाङ फुटबल क्लब (काठमाडौँ), टाइगर्स टिम टिकालाथल(दोलखा), जन जागृति युवा क्लब, (बर्दिया), काक्रेविहार युथ क्लब (सुर्खेत), विजय स्पोर्टस् क्लब(कैलाली), हैरान्स क्लब (तनहुँ), लालिगुरास एसोसियसन क्लब (कास्की) गरि कुल १० टोली सहभागी हुनेछन्। 

लिगको विजेताले १० लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्। फेयर प्ले टोली र सर्वोत्कृष्ट टोलीले समान ५० हजार रुपैयाँ पाउनेछन्। 

सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकले जनही २५ हजार रुपैयाँ पाउनेछन्। हरेक खेलको प्लेयर अफ दि म्याचले ५ हजार रुपैयाँ पाउनेछन्। 

लिगका सहभागी टोलीलाई तयारी खर्चका रुमिा सात लाख रुपैयाँ दिइने एन्फाले जनाएको छ। लिग सम्पन्न गर्न १ करोड ५४ लाख ५४ हजार ४ सय २५ रुपैयाँ खर्च लाग्ने एन्फा प्रवक्ता सुरेश शाहले बताए। 

लिगको स्थानिय आयोजकको रुपमा कमवानपुर जिल्ला फुटबल संघ रहने एन्फाले बताएको छ। एन्फा प्रेसिडेनट लिग आगामी १९ गतेदेखि मंसिर २ गतेसम्म गौरीटार रगंशाला हेटौडामा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad