खेल


एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल अर्को सातादेखि हुने

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल अर्को सातादेखि हुने

नेपालखबर
कात्तिक १८, २०८२ मंगलबार १३:५३, काठमाडौँ

वात्सल्य एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल अर्को सातादेखि हुने भएका छन्। 

इन्फिनिटी ड्रिम्स प्रा.लिले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै दोस्रो संस्करणको बाँकी खेलहरु कार्तिक २६ देखि २९ गतेसम्म हुने जानकारी दिएको हो। 

लिगका बाँकी खेलहरु काठमाडौँमा सञ्चालन हुनेछन्। यसअघि पोखरा रगंशाला हाताभित्रको बहुउदेश्यीय कभर्डहलमा लिग आयोजना भएको थियो। तर गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण लिग बीचमा नै स्थगित भएको थियो। 

लिगका बाँकी खेलहरुको संशोधित खेल तालिका चाडै सार्वजनिक गर्ने आयोजकले जनाएको छ। बाँकी खेलहरु काठमाडौमा नै गर्नका लागि नेपाल भलिबल संघले स्वीकृती दिइसकेको छ। लिगका १६ मध्य ९ खेल सम्पन्न भइसकेका छन्। 

लिगको पहिलो चरणमा सबै टोलीले समान ३ खेल खेलिसकेका छन्। बाँकी ७ खेल बाँकी रहँदा ललितपुर क्विन्स र कर्णाली यशविजले समान ३ खेलमा अपराजित रहँदै ९ अंक बनाएका छन्।  

मधेस युनाइटेड र काठमाडौं स्पाइकर्सको समान ३ अंक, लुम्बिनी लाभाजको २ अंक र पोखरा निन्जाजको एक अंक छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad