आईएसकेयू इन्टरनेशनल अनलाइन कराते काता च्याम्पियनसिप २०२० मा नेपाल तेस्रो स्थानमै सीमित बनेको छ।
समान ६ स्वर्ण, रजत र काँस्य पदक जितेको नेपाल पदक तालिकाको तेस्रो स्थानमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का प्रशिक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए।
इन्टरनेशनल सोतोकान कराते युनाइटेड (आईएसकेयू) र इन्स्टिच्युट अफ सोतोकान कराते युनाईटेड (आईएसकेयु)को संयुक्त आयोजनामा भएको च्याम्पियनसिपको अन्तिम दिन नेपालले १ स्वर्ण, २ रजत र १ काँस्य पदक जित्यो।
भेट्रान्स महिला विधामा राखेपकी प्रशिक्षक एवं खेलाडी कुन्ति गुरुङ्ग जीमीले नेपालका लागि थप एक स्वर्ण जोडिन्। यस्तै सिनियर क्याटेगोरीमा सोनिम मानन्धर र महिलातर्फ निता आचार्यले रजत पदक जिते। सिनियर पुरुषतर्फ बब्लु रैनले काँस्य जिते।
११ स्वर्ण, ११ रजत र २५ कास्य पदक जितेको भारत पहिलो र १० स्वर्ण, ५ रजत र ७ काँस्य पदक जितेको इरान दोस्रो स्थानमा रह्यो। प्रतियोगितामा ८ देशका खेलाडी सहभागी थिए। प्रतियोगिता २ जुलाईबाट सुरु भएको थियो।
प्रतिक्रिया