उमेर हदका कारण दुई जना अयोग्य भएको मन्त्रालय स्रोतले जनाएको छ। खेलकुद विकास ऐन २०७७ को दफा १७(११) को ‘ग’ मा सदस्यसचिवको उमेर ६० वर्ष पुगेमा पदबाट हटाउनसक्ने उल्लेख छ।
‘सोही अनुरुप ६० वर्ष पूरा भइसकेका दुई आवेदक मनबहादुर गुरुङ र किशोर शाहीको योग्यता नपुगेको देखियो,’ श्रोतले भन्यो।
राखेपको सदस्यसचिवका लागि परिषद्कै कर्मचारीदेखि लिएर खेल र राजनितिक क्षेत्रका धेरैले आवेदन दिएका छन्। राखेपको इतिहासमा पहिलो पटक सदस्यसचिवका लागि आवेदन माग गरिएको हो।
सिफारिस समितिले एक महिलासहित मापदण्ड पूरा गरेका ३ जनाको नाम मन्त्रालयलाई सिफारिस गर्नेछ। सिफारिस भएकामध्ये एक जनालाई मन्त्रिपरिषद्को बैठकले राखेप सदस्यसचिव नियुक्त गर्नेछ।
3
Shares
प्रतिक्रिया