ad ad

खेल


तीन खेलको अन्तिम टेष्ट शृंखला : इंग्ल्यान्डलाई उसकै भूमिमा हराउने दाउमा वेस्ट इन्डिज

तीन खेलको अन्तिम टेष्ट शृंखला : इंग्ल्यान्डलाई उसकै भूमिमा हराउने दाउमा वेस्ट इन्डिज

नेपालखबर
साउन ९, २०७७ शुक्रबार ७:५४,

घरेलु टोली इङल्याण्ड र वेष्ट इण्डिजको तीन खेलको अन्तिम टेष्ट शृंखला शुक्रबारदेखि सुरु हुँदै छ। म्यानचेष्टरमा हुने खेलमा इङल्याण्ड घरेलु मैदानमा सिरिज आफ्नो पक्षमा पार्न चाहन्छ।

इङल्याण्ड भ्रमणमा रहेको वेष्ट इण्डिज भने इङल्याण्डलाई उसकै भूमिमा हराएर ऐतिहासिक जित निकाल्न चाहन्छ। यसअघि इङल्याण्डको भूमिमा वेष्ट इण्डिजले १९८८ मा पहिलो टेष्ट शृंखला जितेको थियो।

अन्तिम खेलमा इङल्याण्डले सम्भवतः ब्याटिङ लाइनमा परिवर्तन गर्नेछैन। जेम्स एन्डरसन, जोफ्रा आर्चर, स्टुअर्ट ब्रोड, मार्क उड, साम कुरान र क्रिस वोक्स अन्तिम टेष्टमा उपलब्ध हुनेछन्। दोस्रो सिरिजमा आराम दिइएको जोफ्रा आर्चरलाइ तेस्रो खेलमा मौका दिनेछ।

दोस्रो सिरिजको पहिलो इनिङस्मा १ सय ७६ रनको उल्लेख्य पारी खेलेका वेन स्टोकले दोस्रो इनिङस्मा ७८ रनमा नटआउट रहे। अन्तिम खेलमा पनि इङल्याण्डले उनीमाथि विश्वास गरेको छ।

कोरोना भाइरसको महामारी कै बीचमा सुरु भएको ३ खेलको टेष्ट खेलमा दुवै टोलीले १–१ को बराबरी गरेका छन्।

पहिलो खेलमा पाहुना टोलीले ४ विकेटले जित निकालेको थियो। दोस्रो सिरिजमा इङल्याण्ड १ सय १३ रनले विजयी भएको थियो। अन्तिम खेल २८ तारिकसम्म चल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .