इङ्लिस प्रिमियर लिगको अन्तिम खेलमा लेस्टर सिटीलाई २-० ले पराजित गर्दै म्यानचेस्टर यूनाइटेडले आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ।
अन्तिम दिनमा यूनाइटेडलाई शीर्ष चारमा अटाउन बराबरी नै काफी रहेपनि जितसँगै तालिकाको तेस्रो स्थानमा रहेर उसले सिजनको अन्त्य गर्यो।
यूनाइटेडले ३८ खेलबाट ६६ अंक जोड्यो। त्यति नै अंक रहेको चेल्सी गोलअन्तरका आधारमा चौथो स्थानमा रह्यो। लेस्टर भने चौथो स्थानको चेल्सीसँग ३ अंकले पछि रहँदै पाँचौं स्थानमा रह्यो।
६८औं मिनेटमा लेस्टरका जोनी इभनासले पेनाल्टी एरियाभित्र एन्थोनी मार्सियलमाथि फउल गरे। उक्त फउलमा भिडियो एसिस्टेन्ड रेफ्री(भीएआर)को मद्दतमा म्यानचेस्टर यूनाइटेडले पेनाल्टी पाएको थियो।
पेनाल्टीमा ब्रुनो फर्नान्डेजले गोल गर्दै यूनाइटेडलाई अघि बढाएका थिए। यस्तै खेलको इन्जुरी समयमा जोसे लिङगार्डले यूनाइटेडका लागि दोस्रो गोल गरे।
प्रतिक्रिया