लियोनल मेस्सी र लुइस सुआरेज प्रेरित बार्सिलोनाले नापोलीलाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाएको छ।
क्वार्टरफाइनलमा अब बार्सिलोनाले बार्यन म्युनिखको सामना गर्नेछ।
शनिबार राति अन्तिम १६ को दोस्रो लेगमा नापोलीलाई ३–१ ले हराउँदै समग्रमा ४–१ को नतिजा सहित बार्सिलोना क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
बार्सिलोनालाई क्लेमेन्ट लेन्गलेटले १० औं मिनेटमा हेडर गोलमार्फत अग्रता दिलाएका थिए। २३ औं मिनेटमा मेस्सीले बार्सिलोनाको अग्रता दोब्बर पारे।
पहिलो हाफको ईन्जुरी समयमा सुआरेजले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनाका लागि तेस्रो गोल गरे। इन्जुरी समयमै लोरेन्जो ईन्साईनले पनि पेनाल्टीमार्फत गोल गर्दै नापोलीलाई ३-१ को अवस्थामा पुर्याएका थिए।
प्रतिक्रिया