च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा चेल्सीमाथि सानदार जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेको बार्यन म्युनिखले बार्सिलोनाको सामना गर्ने भएको छ।
शनिबार राति भएको खेलमा चेल्सीमाथि ४–१ ले पराजित गरेसँगै बायर्नले समग्रमा ७–१ को नतिजा सहित क्वार्टरफाइनलमा स्थान बनाएको हो। पहिलो लेगमा चेल्सीमाथि बायर्नले ३–० को जित हात पारेको थियो।
खेलको १०औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत बायर्नलाई अग्रता दिलाए। इभान पेरिसिकले २४ औं दोस्रो गोल गरे।
चेल्सीका टोमी अब्राहमले ४४ औं मिनेटमा एक गोल गर्दै पहिलो हाफमा खेललाई २–१ को स्थितिमा पुर्याए।
कोरेन्टिन टोलिसोले ७६ औं र लेवानडोस्कीले ८३ औं मिनेटमा पुन: गोल गरेपछि बार्यन ४-१ ले विजयी रह्यो।
प्रतिक्रिया