ad ad

खेल


फिफा विश्वकप र एसियन कपका छनोट खेलहरु २०२१ सम्मका लागि स्थगित

फिफा विश्वकप र एसियन कपका छनोट खेलहरु २०२१ सम्मका लागि स्थगित

नेपालखबर
साउन २८, २०७७ बुधबार ७:१७,

कतारमा हुने फिफा विश्वकप छनोट र एएफसी एसियन कपका छनोट खेलहरु २०२१ सम्मका लागि स्थगित भएका छन्।

कोरोना भाइरसको संक्रमणका कारण छनोट चरणका खेलहरु स्थगित गरेको एसियाली फुटबल महासंघ (एएफसी)ले जनाएको छ।

कोरोनाकै कारण यसअघि स्थगित भएका खेलका लागि अक्टोबर नोभेम्बरका लागि तय गरिएको थियो। विश्वकव छनोट २०२२ मा कतारमा र एएफसी एसियन कप चाइनामा २०२३ हुने तालिका छ।

खेलाडी र सहभागीको स्वास्थ्यलाई मध्यनजर गर्दै छनोट चरणका खेलहरु स्थगित गरेको एएफसीले जनाएको छ।

छनोट चरणकै लागि एन्फाले खेलाडीहरुको कोरोनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेको थियो। सबै खेल दशरथ रगंशालामा गर्ने तयारीमा अखिल नेपाल फुटबल संघ (एन्फा) थियो। जसका लागि भदौ १ गतेदेखि बन्द प्रशिक्षणका लागि खेलाडीहरु क्वारेन्टिनका बसिरहेका छन्।

छनोट चरणमा नेपालले चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ। नेपालले पहिलो खेलमा कुवेतसँग ७–० को हार व्यहोरेको थियो। दोस्रो खेलमा चाइनिज ताइपेईलाई पराजित गरेको नेपालले तेस्रो खेलमा अष्ट्रेलियासँग ५–० को हार भोगेको थियो। जोर्डनसँग ३–० ले हार भोगेको थियो।

पाँच राष्ट्र सम्मिलित समूहको शीर्ष स्थानमा रहने टोलीले एसियन कपमा छनोट हुनुका साथै विश्वकप छनोटको तेस्रो चरणमा सहभागी हुन पाउनेछन्। दोस्रो हुने उत्कृष्ट चार टोली पनि विश्वकपको तेस्रो चरणका साथै एसियन कपका लागि छनोट हुनेछन्।

तेस्रो स्थानसम्मका टोली एसियाली कपको छनोटको तेस्रो चरणमा छनोट हुनेछन्। समूहको उत्कृष्ट ४ चौथो हुने टोली एसियाली कप छनोटको तेस्रो चरणमा पुग्दा बाँकी टोलीले सोछनोटमा पुग्न प्लेअफ खेल्नुपर्नेछ। नेपालको नतिजाअनुसार नेपाल एसियन कप छनोटका लागि प्लेअफ खेल्नुपर्ने स्थितिमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .