भारतका प्रसिद्ध क्रिकेट खेलाडी महेन्द्र सिंह (एमएस) धोनीले क्रिकेट खेलबाट सन्यास लिएका छन्।
सन् २०११ मा भारतलाई विश्वकप जिताएका पूर्वकप्तान धोनीले एक दिवसीय क्रिकेटमा १० हजार ७ सय ७३ रन बटुलेका छन्, जुन क्रिकेट इतिहासमै ११औं उच्च स्कोर हो।
३९ वर्षीय धोनीले ३५० एक दिवसीय खेल खेलेका थिए।
‘यहाँहरुको माया र साथका लागि सबैलाई धन्यवाद। मलाई अब सन्यास लिएको रुपमा बुझ्नुस्,’ उनले इन्स्टाग्राममार्फत् घोषणा गरेका छन्।
–बीबीसी
प्रतिक्रिया