ad ad

खेल


सीपीएलमा जमैका तलवाजले दोस्रो खेल खेल्दै, सन्दीप टोलीमा पर्लान्?

सीपीएलमा जमैका तलवाजले दोस्रो खेल खेल्दै, सन्दीप टोलीमा पर्लान्?

नेपालखबर
भदौ ४, २०७७ बिहिबार ६:४५,

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलवाजले क्यारेवियन प्रिमियर लिग (सीपीएल)को आफ्नो दोस्रो खेलमा ट्रिनबागो नाइट राइडर्ससँग खेल्दै छ। खेल ब्रायन लारा स्टेडियममा राति ३ः१५ मा हुनेछ।

सीपीएलमा सुखद सुरुवात गरेको जमैका दोस्रो खेलमा पनि जित हात पार्ने योजनामा मैदान उत्रिनेछ। पहिलो खेलमा लुसिया जक्सलाई ५ विकेटले हराएको जमैका अंक तालिकाको दोस्रो स्थानमा छ। २ खेल खेलिसकेको गुयाना अम्याजन वारियर्स शीर्ष स्थानमा छ। ट्रिनबागो तेस्रो स्थानमा छ।

लुसिया जक्ससँगको पहिलो खेलमा १ विकेट लिएका सन्दीप आजको खेलमा पनि पर्ने उच्च सम्भावना छ। सन्दीपले आफ्नो स्पेलमा २३ रन खर्चेर १ विकेट लिएका थिए। उनले आफ्नो अन्तिम ओभरमा नजिबुल्लाह जार्दनलाई बाउन्ड्रीमा क्याच गराएका थिए।

बुधबार राति ब्रायन लारा स्टेडियममा पहिले फिल्डिङ गरेको जमैकाले १ सय ५९ रनको विजयी लक्ष्य पाएको थियो। थियो। १ सय ५९ रनको लक्ष्य जमैकाले १८ दशमलव ५ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। त्यसअघि पहिले ब्याटिङ गरेको जुक्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५८ रन बनाएको थियो।

आजै हुने पहिलो खेलमा बार्बाडोस ट्रिडेन्ट्स र सेन्ट किट्स एण्ड नेभिस पेट्रियट्स भिड्नेछन्। खेल राति पौने ८ बजे हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .