भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र भारतीय नायिका अनुष्का शर्मा पहिलो बच्चाकोे आमाबुबा बन्ने भएका छन्। भारतीय क्रिकेट टोलीका कप्तान कोहलीले ट्विटरमा फोटो सेयर गर्दै यो कुराको जानकारी दिएका हुन्।
अनुष्का शर्माले पनि सोही फोटो सेयर गरेकी छिन्। उनीहरु दुवैले लेखेका छन्, ‘एण्ड देन वि आर थ्री, अराइभिङ जनवरी २०२१’
यसअघि पनि यी दुई जना सन्तानको मातापिता बन्ने खबर नफैलिएको भने होइन। तर यो पटक उनीहरुले दुवैले फोटो सेयर गरेर यो कुराको पुष्टि गरेका हुन्।
कप्तान कोहली र अनुष्काले सन् २०१७ मा विवाह गरेका थिए। इण्डियन प्रिमियर लिग (आईपीएल)को तयारीमा रहेका कोहली रोयल च्यालेन्जर्स बैङलोरका कप्तान पनि हुन्।
आईपीएलको लागि युएई पुगिसकेको टोली अहिले कोरोना टेष्ट गरेर क्वारेन्टिनमा समय बिताइरहेको छ। आईपीएल १० सेप्टेम्बरबाट संयुक्त अरब इमिरेन्ट्स (यूएई)मा हुँदै छ।
प्रतिक्रिया