ad ad

खेल


मेस्सी क्लबसँगको युद्धमा उत्रिए, भनेः पीसीआर परीक्षण गर्दिन

मेस्सी क्लबसँगको युद्धमा उत्रिए, भनेः पीसीआर परीक्षण गर्दिन

नेपालखबर
भदौ १४, २०७७ आइतबार ८:३६,

मेस्सी क्लबसँगको युद्धमै उत्रिएका छन्। आइतबार सबै खेलाडीको कोरोना परीक्षण हुँदैछ। तर मेस्सीले आफूले पीसीआर परीक्षण नगर्ने बताएका छन्।

मेस्सीले क्लबको नियमलाई नमान्ने बताइरहँदा उनी क्लबसँग कति असन्तुष्ट छन् भन्ने बुझ्न सकिन्छ।

सोमबारदेखि नयाँ प्रशिक्षक रोनाल्डा कोम्यानको नेतृत्वमा बार्साले प्रि–सिजनको ट्रेनिङ सुरु गर्दैछ। यसबीचमा आज कोरोना परीक्षण हुन लागेको छ।

यद्यपी मेस्सीले क्लबलाई दबाब दिन पीसीआर परीक्षण नगराउने बताइरहेका छन्। मेस्सीले आफू कुनैपनि हालतमा बार्सामा नबस्ने बताइरहेका छन्।

मेस्सीले आफूलाई फ्रि–ट्रान्सफर गराउनु पर्ने बताइरहेका छन् तर बार्साले त्यो मानिरहेको छैन।

सम्झौता अगावै मेस्सीलाई कुनै क्लबले अनुबन्ध गर्न ७ सय मिलियन युरो रिलिज क्लज तिर्नुपर्ने हुन्छ। सन् २०२१ मा मेस्सी र बार्साबीचको सम्झौता समाप्त हुनेछ। मार्का

यो पनि:

सजिलो छैन मेस्सीलाई बार्सिलोनाबाट उम्कन, यस्तो छ कानुनी झमेला

 के छ मेस्सीले बार्सिलोनालाई पठाएको पत्रमा? 

 बार्सिलोनाबाट बिदा हुन लागेका मेस्सीका १० उत्कृष्ट क्षण 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .