ad ad

खेल


इन्जुरी समयमा गोल गर्दै हारबाट जोगियो स्पेन

इन्जुरी समयमा गोल गर्दै हारबाट जोगियो स्पेन

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार ४:१०,

निर्धारित ९० मिनेटमा १-० ले पछि रहेपनि इन्ज्युरी समयको अन्तिम मिनेटमा जोसे गायाको गोल मद्दतमा स्पेन जर्मनीसँग हारबाट जोगिएको छ। 

यूईएफए नेसन्स लिगको समूह चरणको पहिलो खेलमा बिहीबार राति स्पेन र जर्मनीले १-१ को बराबरी खेलेका हुन।

पहिलो हाफ गोलरहित बनेको खेलको ५१औं मिनेटमा टिमो वेर्नरले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। 

रोबिन गोसेन्सको क्रसलाई वेर्नरले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।

इन्ज्युरी समयको दोस्रो मिनेटमा स्पेनले अर्को गोल थपेको थियो। तर अन्सु फातीको हेडर गोल रामोसले गिन्टरलाई फल गरेको भन्दै रेफ्रीले गोललाई मान्यता दिएनन।

त्यसको तीन मिनेटपछि रोड्रीगोको हेडरलाई जोसे गायाले गोलमा परिणत गरेसँगै खेल बराबरीमा टुंग्गियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .