ad ad

खेल


सीपीएलमा सन्दीपको टोली दुई खेलअगावै सेमिफाइनल प्रवेश

सीपीएलमा सन्दीपको टोली दुई खेलअगावै सेमिफाइनल प्रवेश

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार ६:१४,

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलाबाज क्यारेबियन प्रिमियर लिग (सीपीएल)को सेमिफाइनलमा प्रवेश गरेको छ।

आज बिहान भएको खेलमा गुयाना एमेजन वारियर्सले बार्बाडोस ट्राइडेन्सलाई ६ विकेटले पराजित गरेपछि जमैकाले दुई खेलअगावै अन्तिम ४ मा स्थान बनाएको हो।

आठ खेलमा चार वटामा हार र तीन वटामा जित तथा एक खेलमा अंक बाँडेको जमैका चौथो स्थानमा छ।

यसअघि गएरातिको भएके खेलमा वर्षात् बाधक बनेपछि जमैका र सेन्ट किट्स एण्ड नेभियस प्याटियटसले अंक बाँडेका थिए।

अपराजित ट्रिनबेगो नाइट राइडर्स आठ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा छ। १० खेलमा ६ मा जित र ४ मा हारसहित १२ अंक जोड्दै गुयाना दोस्रो स्थानमा रहँदा सेन्ट लुसिया जुक्स ८ खेलमा ५ मा जित र ३ मा हारसहित तेस्रो स्थानमा छ।

ट्रिनबेगो नाइट राइडर्स, गुयाना, सेन्ट लुसिया जुक्स र जमैकाले सेमिफाइनलमा स्थान बनाएका छन्।

लिगमा बार्बाडोस र सेन्ट किट्स एण्ड नेभियस प्याटियटस सिपिएलको लिग चरणबाटै बाहिरिने टोली बनेका छन्। बार्बाडोस ९ खेलमा २ मा जित र ७ मा हारसहित ४ अंकका साथ पाँचौँ स्थानमा छ।

९ खेलमा ७ मा हार र १ मा जितसहित ३ अंक जोड्दै सेन्ट किट्स अंकतालिकाको पुछारमा छ।

अंक तालिका शीर्ष स्थान र चौथो स्थानमा रहेको टोलीबीच पहिलो सेमिफाइनल हुनेछ। दोस्रो सेमिफाइनलमा अंक तालिकामा दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच प्रतिस्पर्धा हुनेछ। ८ सेप्टेम्बरमा सेमिफाइनल खेल हुने लिगको फाइनल सेप्टेम्बर १० मा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .